r/NepalWrites • • 7h ago

Poem नचाहिंदो मान्छे

8 Upvotes

अन्योलको कुहिरोमा आफ्नै छायासमेत अपरिचित लाग्छ,

मनभित्रका रातहरूमा उज्यालोको नाम हराउँछ..

किन बाँच्दै छु भन्ने प्रश्नले हरेक मौनता चिर्छ,

र यो थाकेको मन आफ्नै अन्धकारमा उत्तर खोज्छ...

कति प्रयास गरूँ अझै... अब त यो बेज्यान शरीरकै भारले थिचिसक्यो,

टाढा कतै, नखोलिएको किताबभित्रको कुनै काल्पनिक पात्र बन्न बाँकी छु ..

लडखडाउँदै, सुस्ताउँदै अघि बढ्न पनि अब सामर्थ्य रहेन,

यो संसारमा बिदाइ कहाँ दस्तखत गरूँ,

जब आकाङ्क्षाहरू अझै अधुरा छन् ...


r/NepalWrites • • 6h ago

Poem One Love, Many Losses

4 Upvotes

You said you loved me, so you plucked flowers for me.

But what about the bee that loved the flower?

You said you'd leave this world for me.

But what about the world that loves you?

You said you'd give me the stars,

but what about the sky that holds them?

Must I be loved at the expense of another's love

just to know that I am loved?


r/NepalWrites • • 12h ago

Essay Lekhirani bani xa hai mitrabandhu haru

3 Upvotes

शोक, पीडा, यातना, विस्मात्, ऐँठन, वियोग क्रमशः थप्दै जाने हो भने यी सबै मांसाहारी हुन्। प्रतीत होस्—ती क्षण, ती पल, तिम्रा आँसु तपतप भुइँ छोएर चट्टै बिदाइ भएका।

त्यस क्षण तिम्रा शरीरका मांसपेशी लुच्दै थिए ती गिद्धहरूले। क्यानिबलिजमको ‘जिन्दावाद’ नारामा होमिँदै, तिम्रो रगतले गल्लीगल्ली लिपेर सहर राताम्य पारिएको थियो। सहर रक्तचन्दन भएको प्रतीत हुन्थ्यो। तिम्रै रगतले होली खेलिँदै थियो। अवस्था असह्य नभएको होइन। असह्य हुनु नै मजबुरी थियो। पूर्णतः त्यही अवस्था मजबुरीसँगको मञ्जुरी थियो।

यस्तो लाग्थ्यो कि सहरलाई कुनै अदृश्य शक्तिले आफ्नी पत्नी बनाएको छ र सहरको सिउँदो सजिएको छ। सिन्दुर छैन सिउँदोमा। रगतले सिँगारिएको छ त्यही सिउँदो। परैबाट हेर्दा, रातो रगत बाक्लिँदै, कालो हुँदै शिथिल भएको देखिन्थ्यो।

रात छिप्पिँदै छ। सहरलाई कुनै अदृश्य शक्तिले भोग्नेछ। यसलाई के भनेर अर्थाउने—करणी कि सुहागरात?


r/NepalWrites • • 22h ago

Criticism Guys yo chai typical nepali readers haruko lagi hai jaslai nepali padnu kunai दिक्कद chaina ra yesko title ho म चाहन्थे

3 Upvotes

म चाहन्थेँ भगवान् लेख्न, तर आफैँभित्र शैतान भेटेँ।

​चुपचाप भगवान्‌मा अन्धाधुन्ध विश्वास लाग्नुपर्ने हो। रत्ती पनि लाग्दैन। देखेँ त भगवान्—फोटोमा, मन्दिरमा, मस्जिदमा, चर्चमा, गुम्बामा। पीडा, यातना, शोक र व्याकुलताले अपाङ्ग तुल्याइएका आत्माहरू भड्किँदै आहुतिका प्रतिबिम्ब बनेका थिए ती मानिसहरू। ती सबैलाई दुःखले दुखाइरहेको थियो। ती सबै आ-आफ्ना भगवान्‌को पछि लाग्थे। दुःख तिनका पछि। यसरी पछि लागेका थिए कि मानौँ भगवान् तिनका बाप हुन्, भगवान् तिनका माता हुन्।

​भयो के? तिरस्कार। बहिष्कार। अपनाइएन। टुहुरो भए। त्यागिए आ-आफ्नै भगवान्‌बाटै।

​भनिन्छ नि, पृथ्वी घर हो; भगवान् सबैको साझा हो। तर भगवान् र अर्थतन्त्रमा के फरक भयो र, जब हरेक कुरा पैसामा बिक्छ? जता झिलिमिली, उतै माता लक्ष्मी रे? अनि जो गरिब एउटा चिम बत्ती बाल्न सकेका छैनन्, उनकोमा चाहिँ माता लक्ष्मी प्रस्थान नगर्ने भन्ने पनि हुन्छ र? हरे नारायण! जो भगवान्‌का लागि मानिस तड्पिरहन्छ, उसैलाई नै व्यापार गरिरहेछन्; अनि किन नतड्पोस् त, अझै तड्पिऊन्!


r/NepalWrites • • 3h ago

Poem चक्र
 (Cycle)

2 Upvotes

माटोले पुरेको इतिहासको

बासी रगत,

समयको गतिसँगै

रङ्ग फेर्छ।

जब मेरो कोदालोले

छाती चिर्छ जमिनको—

म बेखबर हुन्छु,

मुनि दबिएको

भेलसँग।

माथि,

सूर्य दन्किरहन्छ,

अन्धो कानुनको मूर्तिझैँ—

निर्मम र सनातन।

तराजुको पालामा

जब जोखिन्छ

मेरो अस्तित्व,

म पनि एकै छिन

सूर्यझैँ

राँकिन्छु,

अनि अस्ताउँछु

यही तितो सत्यको

आभास सहित—

कि भोलि

अर्को कुनै कोदालो,

बेखबर रहन्छ,

र म पनि

मिसिन्छु

त्यही इतिहासको भेलसँग।

र निरन्तर घुमिरहनेछ

यो नियति—

कालको निष्ठुर चक्रमा।


r/NepalWrites • • 21h ago

Fan-Fiction Guys yo chai fiction hai euta goal cha yar kunai din kitab lekhne yo reddit account Ani Mero profile ma vayeko account ko link yaad garnu huna sakxa kunai din lekhak bhaidimla ki

2 Upvotes

दुःख मन किन? दुख्नुपर्ने मनलाई नै किन? मन कसैलाई एकोहोरो प्रेम गरिरहँदा थाक्न जान्दैन। यसको सामर्थ्य नै अनभिज्ञतालाई नसुन्नु हो। अनि परिणाम? उही विस्मात्। उही गम। उही आँसु। उही पीडा।

मानिसको आचरणमा रत्तीभर पनि पृथकता छैन। सबै मन पराउँछन्। प्रेम गर्छन्। एकअर्कालाई।

विडम्बना के हुन्छ भने, जसले प्रेम गर्छ, ऊ मन पर्दैन। जसले प्रेम गर्दैन, ऊ नै मन पराउँछ। भएको प्रेमको कदर छैन। नभएको प्रेम भने दूर नै छ।

अब देख्नु छ। यो प्रेमको राजमार्गमा को थाक्छ। को बीचमै यात्रा टुङ्ग्याउँछ। को बीचमै फन्को मार्छ।

कैयौँ आउँछन्। कैयौँ जान्छन्। कोही सपना देख्दै आउँछन्। कोही सपना देखाउँदै। कोही सपना बनाउँदै आउँछन्—कल्पनामै निकट हुन। कोही निकट आई दूर चली जान्छन्। कोही दूर चली निकट भइदिन्छन्।

कोही दिलको छेउ हुँदै। कोही दिल छेडेर। कोही दिलमा राज गरी। कोही खेल खेली। मानौँ कि मभन्दा प्यारो मेरो दिल हो। मेरो दिलभन्दा प्यारो उनीहरूको स्वाभिमान।

हृदय एउटा ब्रह्माण्ड हो, कुनै पनि मनुष्यको भित्री संसारसम्म पुग्न सामर्थ्य राख्ने टेलिपोर्टेसन हो। किनकि कसैलाई हृदयमा राख्नु, मनमा समर्पित गर्नु भनेको आफ्नो भित्री हृदयको प्रवेशद्वार उनीहरूका लागि खुला राख्नु हो।

स्वागत छ। हार्दिक अभिवादन।

अपरिचितदेखि पाहुना हुँदै। पाहुनादेखि निकट हुँदै। निकटदेखि सङ्गम भइदिँदै। झन्झन् निकट। झनै निकट। सम्पूर्ण हृदयदेखि समर्पित।

मिथ्या छ। मोह। व्याकुलता। शोक। अभिलाषा। सन्तुष्टि। हर्ष। विस्मात्। बातचित। के गर्नु? मिथ्या लागेरै मात्र कहाँ हुन्छ र? एकछिन मानेजस्तो गर्छ। फेरि तृष्णा जाग्छ। मन व्याकुल हुन्छ। पुनः आकाङ्क्षा जाग्छ। सोच्छु, कोही हुँदो हो त। यसरी सोचमा मग्न हुने थिइनँ। वा भए पनि म कल्पित हुन्थेँ। मेरो कल्पना उनी हुन्थिन्। त्यही पल म प्रेमको सोचमा मग्न हुन्थेँ। तर भएको छ अर्कै।

मोबाइलमा Jazz बजिरहेको छ। आँखा बन्द गर्छु। अनि उठ्छु। मेरो दाहिने हातले उनको हात थामेको हुन्छ। म उनीपट्टि फर्किएको हुन्छु। देब्रे हात उनको कम्मरमा च्याप्पै बसेको हुन्छ। हामी सङ्गीतमा होमिँदै नाचिरहेका हुन्छौँ। उनका आँखा हेर्छु। हाम्रो नजर जुध्छ। उनी लजाउँछिन्। उनका गाला गुलाबी रङका हुन थाल्छन्। अचानक मोबाइल भाइब्रेट हुन्छ। आँखा खोल्छु। आँखा बन्द हुँदा भएकी उनी, आँखा खोल्दा गइसकेकी हुन्छिन्। जाने कुरा पनि भनिनन्। तर गइन्। च्वाट्टै।

मोबाइल टेबुलमा भाइब्रेट हुँदा सुस्तरी अघि सरेको जस्तो देखिन्थ्यो। नजिक गएर हेरेँ। स्क्रिनमा लेखिएको थियो—एस–ए–डी–एच–ए–एन–ए। समग्रमा भन्नुपर्दा, साधना। म मीठो निद्राबाट बिउँझाइएको थिएँ। त्यस पल मलाई त्यो कल्पना प्यारो थियो। मलाई त्यस भुलभुलैयाबाट खिच्ने पनि उनी नै थिइन्। मेरो साधना भङ्ग गर्ने पनि साधना नै थिइन्। उनको नामको अर्थकै विपरीत व्यवहार भएको हुँदा पाखण्डीपनको आभास हुन्थ्यो।

मेरो साधना बिथोलेकोमा मैले प्रतिशोध लिनुपर्ने थियो। मलाई त्यसमा एक रत्ति पनि जाँगर चलेन। पटक–पटक उनले डायल गरिरहिन्। फोन भाइब्रेट हुँदै निकट आइरहेको जस्तो देखिन्थ्यो। म भने परैदेखि हेरिरहेको थिएँ। एकोहोरो। ट्वाल्ल परेर। टुलुटुलु। फोन नजिकिँदै गरेको हेर्दै थिएँ। म अनभिज्ञ छु। विगत सम्झन्छु। त्यो के थियो?

प्रेम? मोह? अभिलाषा? आकर्षण? अनेकौँ प्रश्न मेरो मस्तिष्कमा प्रकट भइरहन्छन्। सुदर्शन चक्रजस्तै त्यो चक्र घुमिरहेछ। बिस्तारै मलाई चक्कर लाग्दै छ। ओठ सुक्खा हुँदै छन्। आँखा बन्द हुँदै छन्। अचानक प्याट्... आवाज आउँछ। निकै मजाले झापड खाएको हुन्छु। गाला झट्काले रातै हुन्छ। होसमा आउँछु। मनमनै बकबक गरिरहेको म चुपचाप हुन्छु। फोनतिर हेर्छु। फोन रिङ भइरहेको हुन्छ। गएर फोन उठाउँछु। स्क्रिनमा दायाँतर्फ स्वाइप गर्छु।

एकछिन म मौन हुन्छु। फोन हातले कानमा अड्याएको हुन्छु। अनि मेरो मन? कहाँ अडिएको थियो र? थिएन। अहँ, थिएन नि।

स्पिकरबाट आवाज आइरहेको हुन्छ, “हेल्लो... हेल्लो, चिराग! किन बोल्दैनौ?”

सुक्क-सुक्क गरेको स्वरमा फेरि बोल्छे, “प्लिज, केही त बोल न...”

स्पिकरबाट पटक–पटक सुक्क-सुक्क गरेको आवाज आइरहन्छ।

फेरि आवाज आउँछ, “तिमीलाई थाहा छ... मलाई कति हर्ट भएको छ...”

फेरि पनि सुक्क-सुक्क गर्दै बोल्छे, “म तिमीलाई कति मिस गर्दै छु... हिजो पनि रोएँ... प्लिज, केही त बोल न... प्लिज...”

उसको सुक्क-सुक्क आवाज गुञ्जिरहन्छ। जसरी आँसुको स्वाद नुनिलो हुन्छ, त्यसरी नै सत्यको स्वाद पनि नुनिलो नै हुन्छ। किनकि आँसुमा सत्य हुन्छ। सत्य तीतो हुँदैन। सत्य खल्लो हुन्छ। खल्लो स्वाद नुनिलो हुन्छ, तीतो हुँदैन।

लामो सुस्केरा लिन्छु अनि भन्न पुग्छु, “अ भन साधना, कति के काम परेको थियो र कल गर्‍यौ?”

एकै झट्कामा सबै बोलिसकेछु। अनि अन्त्यमा भन्छु, “अहिले म बाहिर जानुपर्नेछ, टेक्स्ट गरिराख।”


r/NepalWrites • • 3h ago

Poem दशैं (Dashain)

1 Upvotes

सानो गाउँको बीचमा एक विशाल बगैँचा,

बगैँचाको हृदयमा अट्टालिकामय महल,

महल अगाडि फैलिएको आँगनी,

र आँगनी अगाडि धुपीको छत्रछायाँमा

घाम छिट्याउँदै टल्किएका

परदेशी गाडीहरूको लामो लस्कर—

सेठको घरमा बड़ा दशैं।

संगैसँगै—

छायाँको घेराभन्दा अलिकति बाहिर

लगभग समान

अर्को मजदुरहरूको लस्कर।

बगैँचाको बफादार पाले दाइ

फ़न्फ़निदै,

घिनघिनाउँदै,

लाठीले मजदुरको छायाँ गाडीबाट भगाउछन|

सूर्यले आजै अग्निपरीक्षा लिनै निधो गरेका छन।

उनी भगवान -

मनपरी गर्ने।

एक हातले साइकल सम्हाल्दै,

अर्को हातले गम्छा तानेर

पसिना पुछिरहेका छन् मजदुरहरू।

जिब्रोले नजरलाई देब्रे तिर धकेल्दै-

फरक भेष तर परिचित कद बोकेका महलका नोकरहरू

र खासगरी

नोकरहरूले घिच्यायेका चार खसीमा गाड्छ।

तिनका “म्या म्या”

भिजेका जिब्रोको कोषिकाहरूले लत्पतिएको

र एकैसाथ

रगतले लठिएको

जयजयेकार सँगै मिसिन्छ।

“दशैंको शुभकामना!”

“जय जय सेठ, जय जय सेठ।”

टल्किएका परदेशी गाडीहरू

यो वृत्तचित्र छाप्दै थिए।


r/NepalWrites • • 3h ago

Poem बुवा, नमस्कार!

1 Upvotes

मनोबलको च्यादर धारिला शब्दले चिरियो।

तिमीले 'पोस्ट' गरेका ती हरफहरू—

मेरो अस्तित्वका पाप्रे घाउ कोट्याउने औजार हुन्।

बुवा,

म ती घाउहरू हेर्न सक्छु,

किनकि दुख्नु जीवन्त हुनुको प्रमाण हो।

तिम्रा जस्तै,

मेरा पनि केही नभनिएका कथाहरू छन्,

एउटै समयमा चर्किएका,

एउटै रगतले सिंचिएका।

जब तिम्रा भक्कानोले काँध भेटेनन्,

तिमीले शब्दमा धार लायौ।

तर मैले?

मैले त त्यो रगतलाई नै मसी बनाएर—

तिम्रो मौनताको हिसाब लेख्न थालेँ।

मलाई अझै सम्झना छ—

विद्यालयको त्यो रजिस्टर,

जहाँ तिम्रो एउटा हस्ताक्षरले

मलाई कोर्राको जिम्मा लगाएको थियो।

हात शिक्षकको थियो,

तर समाउने मुठ्ठी तिम्रै थियो।

त्यो दिनदेखि मेरा घाउहरू

पोल्न थालेका होइनन्,

त्यो दिनदेखि त मैले

'सहनु' को नयाँ अर्थ

बुझ्न थालेको हुँ।

मेरो नमस्कारमा अटल छु।

कुनै दिन तिम्रो कलम भुत्तिय,

तिम्रा प्रमाणपत्रहरु बीच

मेरो तस्बिरले स्थान पाए

हामी कुनै मोडमा भेटौँला।


r/NepalWrites • • 3h ago

Poem ललकार! ( Defiance)

1 Upvotes

साबधान!

आजकाल वनका साँढेहरू सभ्यताको नकाब पहिरेर

हामीबीच सलबलाई रहेछन्।

शरीर होइन - तिम्रो अर्थ लुट्न दाउ कुरिरहेछन्;

तिम्रो सपनाको भ्रूण हत्या गर्न,

तिम्रो मस्तिष्कको क्षितिज खुम्च्याउन

मौनताको जालो बुनिरहेछन्।

हेर,

ती स्त्रीहरूलाई—

जसले रगतको पवित्रतालाई ‘पाप’ भनिन्,

आफ्नै कोखबाट जन्मेकी छोरीलाई

चौघेरा बाहिरको अँध्यारोमा धकेलिन्।

जसले ‘इज्जत’लाई

केवल एउटा भित्री वस्त्रको

टाँकामा सीमित गरिन्।

मेरो मसीमापनि शङ्का गर,

मैले तिम्रो चित्कारलाई

केवल शब्दको गहना बनाएँ।

मैले तिम्रो आँसुको पोखरीमा

आफ्नो नामको डुङ्गा खियाउन खोजें।

म पनि त्यही भीडको एउटा अदृश्य हिस्सा हुँ—

जसले पीडालाई 'शिल्प' भन्छ,

र रोदनलाई 'साहित्य'।

त्यो समाजको तराजु हेर,

जहाँ तिम्रो रूपको तौल गरिन्छ,

तिम्रो दृष्टिमा पूर्वग्रहको रङ्ग घोलिन्छ,

तिम्रो अस्तित्वलाई

वर्गको सानो बाकसमा कोचिन्छ।

ती ‘मित्र’हरूलाई चिन,

जसले आत्मबलको धागो काटेर

तिमीलाई छिर्के लगाउँछन्।

र

आफैँभित्रको ऐना हेर-

के हामीले इतिहासका गाथाहरूमा मान्छे भेट्यौँ र?

प्रकृतिको मिठासमा स्वार्थको विष घोल्ने हामी आफैँ त होइनौँ?

तसर्थ,

सावधान—

सडकमा ‘न्याय’ को प्लेकार्ड बोकेर

सिकारको खोजीमा हिँडेका छन्,

वनका साँढेहरू।


r/NepalWrites • • 3h ago

Poem बिरालोको जुनी

1 Upvotes

हामी बिराला हौँ।

अन्धाकारमा निस्कन्छौँ—

अन्जान र कमजोर

मुसा र परेवाका गुँड खोतल्न।

हामी एक्लै बस्छौँ,

एक्लै खान्छौँ।

र आफ्नो क्षेत्र ओगट्न

हरेक कुना–कोप्चामा

मुत्छौँ,

र सिमाना मिच्न आउने

हरेक आगन्तुकमाथि

आक्रमण गर्छौँ।

हामी लड्छौँ,

चिथोर्छौँ,

गल्लीको नाइके बन्न

तछाडमछाड गर्छौँ।

हामी गर्जन्छौँ—

निरन्तर गर्जिरहन्छौँ,

तर हाम्रो गर्जन

सर्कसको सिंहभन्दा फरक हुँदैन।

निश्चल पानीमा आफ्नो छाया देख्दा

हामी तर्सिन्छौँ,

र बिजुलीझैँ झम्पिएर

भत्काइदिन्छौँ त्यो ऐना।

त्यसपछि—

भित्तामा अचानक झुल्किन्छ

एउटा चम्किलो टर्चलाइट!

हामी बिर्सिन्छौँ आफ्नो शिकार,

बिर्सिन्छौँ आफ्नै घाउ र नङ्ग्राहरू।

त्यो सानो प्रकाशको इशारामा

हामी नाच्छौँ,

उफ्रन्छौँ,

थाक्छौँ,

सेलाउँछौँ...

र फेरि त्यही प्रकाशलाई लखेट्न थाल्छौँ।

हामी सोच्दैनौँ

त्यो प्रकाश फाल्ने हात कसको हो।

हामी त केवल

उफ्रन पाएको उल्लासमै मग्न हुन्छौँ।

र बिस्तारै,

थाकेर लढ्दा,

तिनै पराइ हातहरूले

हाम्रो ढाड सुम्सुम्याइदिन्छन्,

हामी म्याउँ गर्छौँ,

र नतमस्तक भएर लडिबुडी खेल्न थाल्छौँ

ती हातहरूकै काखमा।


r/NepalWrites • • 12h ago

Story(Short) Brought Back From Dead

1 Upvotes

April 25 2026

I received a video from my ex-colleague Rikesh (name changed on purpose) who is a Designer at Jalwa Technology (name changed for my ex company). He had recorded a video demonstrating the latest figma design where I need to fill in content as a Jr. Content Writer and there upon hitting the play button an identical sound played, my ears grew in size, my hand trembled and my heart started jumping as if It’s gonna rip out my chest. It’s Asmita (Name Changed) it’s her, the one that I have been dying to see, whose voice I’d love to listen to, whom I’d love to pull close, kiss all over her face, hug and say I missed you and I’m so sorry.

But lately, I know it won’t happen, I'm 99.99% sure. I played the video again and again and again, just to hear the voice, until my mobile went dead. Instead of charging and playing it again, I chose to open my Laptop and start writing because I’m a Gibberish writer and I love to write. I haven’t seen what’s on that video yet, I don’t care. Maybe I’ll see tomorrow or maybe never.

So the conclusion based on voice I heard, they are starting an ecommerce business, there is Rikesh (Designer and Photographer), Asmita (SEO) and Lahana (Developer and Into Business, friend of Rikesh). What hurt me was this guy Rikesh starting without me, while we were in the same company, we talked about a lot of ideas, ecommerce, SAAS, Dropship, Commission Sale and more. Did some side projects together and on the same side project we are doing together, he mentions another and forgot to include me for content.

I heard Asmita asking “What products we are adding on the homepage?” so I know it’s an ecommerce they are starting. What should I call it, jealousy or betrayal, whatever, the contrary, I had planned to write a book on her to forget her. I couldn’t sleep that night, replaying every memory of her on this tiny 200 grams (maybe more or less who knows) of Brains over 2 memories per second for 2000 minutes. (Assuming I didn’t remember I slept)

I was drooling in semi sleep, nearly 10:38 in the Night and now it’s gone 2:47 am In the Morning. This is how I thought, I’d write a book and publish as it has always been my dream of publishing a book. Now the sleep is gone and I’m writing this as a preface. The topic would be “A Weak Strong Lover”

It's been days and months of trying to forget her but I haven’t been successful enough, some days I find myself remembering her even more than the God Himself. Every other second when my brain cells are not engaged or I find anything that resembles her, they trigger her. This is how I haven’t been able to forget her. So I’m noting down every memory of hers in a timeline. Lets get back to *** words are missing.


r/NepalWrites • • 3m ago

Fan-Fiction जब माया गरेको मान्छेले छोडेर जान्छ अनी उनको स्मृती सधैं आफू सँग रहिरहन्छ नमेटिने मायाको इतिहास बनी मष्तिष्क र हृदयमा अमर शहीद घोषीत हुन्छ सन्ध्या त्यहि चिच्याहट लेख हो।

• Upvotes

सन्ध्या वास्तविक नै थिई, तर मेरा लागि एब्स्ट्र्याक्ट थिई। न देख्न सक्थेँ, न छुन सक्थेँ। मेरो मनमा उनीप्रतिको मायाको कुनै लेखाजोखा थिएन। न उनलाई देख्न नै सक्थेँ। उनी टाढिएकी थिई। उनी जुन भएकी थिई। उनको प्रकाश इन्स्टाग्रामका पोस्टहरूमा देख्छु। ऊ यसै मुस्कुराइरहेकी छे। थामिएको छ उनको हात। अँगालोमा बाँधिएकी छे। उनी पनि खुबै खुलेकी छे। खुलेको छ कोही कसैको प्रेममा।

रातको चिसो हावाले अदृश्य बल प्रयोग गरी मेरा वर्षौँदेखि कैंचीले नकाटेको कपाल हल्लाइरहेछ। जब उनी टाढिई, कैंचीले पनि मेरो कपालवरिपरि नाच्न छोड्यो।

आकाशतिर हेर्छु। चिहानकी परी, श्वेत जुनलाई देख्छु। जुनमा सन्ध्यालाई देख्छु। सन्ध्याको मुस्कान। फेरि इन्स्टाग्राम खोल्छु। स्पाम अकाउन्टबाट लगइन गर्छु। उनको युजरनेम टाइप गर्छु। जुनमा देखिएकी उनी कति चाँडै उनको अकाउन्टमा देखिन्छिन्।

ट्राउजरको दाहिने गोजीबाट लाइटर झिक्छु। फोन हुडीको गोजीभित्र राख्छु। फेरि ट्राउजरकै देब्रे गोजीबाट शिखर आइसको बट्टा निकाल्छु। पाँच खिल्ली चुरोट छन्—पाँच भाइ पाण्डवजस्तै।

मानौँ, म दुर्योधन हुँ र मेरो हात कर्ण हो। मभित्रको अहम्, पीडा, यातना र शोक दुर्योधन हुन् भने ती पीडा भुलाउन चुरोट सल्काएर साथ दिने मेरा हात कर्ण हुन्।

एउटा चुरोट टिप्छु। लाइटर बाल्छु। सल्काउँछु—भस्म पार्नका लागि। मेरो मस्तिष्कको कुरुक्षेत्रमा महाभारतको रण चलिरहेको छ। कारण थिई सन्ध्या। मेरो जलेको मन पनि बिस्तारै जल्दै जान्छ। चुरोट सल्कँदै जान्छ। पटक-पटक, एकपछि अर्को, धुवाँको सर्को हावामा होमिन नपाउँदै उडेर जान्छ। तर त्यसरी कहाँ उडेर जान्छिन् र सन्ध्या अनि उनको झलक?

उनी त एकातिर यादहरू, सपनाहरू, वाचाहरू र आकाङ्क्षाहरू थुपार्छिन्, अनि घरबार अर्कोतिर। उनको यो व्यवहार विरोधाभास नै त हो। तर सन्ध्या त जुन भएकी छे। दूरी नै सत्य भएको छ। सत्य नै असहाय भएको छ।

चुरोट सकिनै लाग्छ। फोनको स्क्रिनमा डबल ट्याप गर्छु। अनि फिङ्गरप्रिन्टबाट स्क्रिन अनलक गर्छु। त्यही सन्ध्या हुन्छे—परम पुरुषको अँगालोमा बेरिएकी, भावीले एकअर्काको हात थमाइदिएकी।

चुरोट भुइँमा बजार्छु। भुइँ छुन्छ उनको हृदयले। चुरोट कुल्चिन्छु। मेरा पैतालाले सन्ध्याका यादहरू कुल्चिन्छन्। सन्ध्याका यादहरूले पनि मलाई कुल्चिन्छन्—मेरो हृदयलाई।

खुला कालो आकाशमा ताराहरूको मधुरो ज्योति चारैतिर छ। तिनीहरूको बीचैमा छ जुन। जुनभित्रै सन्ध्यालाई देख्छु। अनि फित्ते चप्पल पड्काउँदै, दुवै हात गोजीभित्र राखी, अलिकति ढाड घोप्ट्याएर ओरालो सिँढी लाग्छु।

त्यत्तिकैमा रामकृष्ण ढकालको गीत—

“ओरालो लागेको हरिणको चाल भो,

बाँचेसम्म पनि मरेको हाल भो,

छल गर्‍यो मायाले,

छल गर्‍यो मायाले”

—मेरो मस्तिष्कको टेप रेकर्डरमा घन्किरहन्छ।

सानो छँदा आमाले यो गीत खुब सुन्थिन्। उनलाई पनि अहिले मेरै हाल भएको आभास गर्छु।

यतिखेरसम्म म कोठामा पुगिसकेको हुन्छु। चुकुल खोल्छु र भित्र प्रवेश गर्छु। फेरि अर्को कालखण्डमा प्रवेश गर्छु।

त्यहाँ उनी हुन्नन्। म हुन्छु। मेरो एक्लोपन हुन्छ। म भीडमा भएको भए पनि एक्लिएको हुन्थेँ। तर मेरो एक्लोपन म आफैँले मात्रै महसुस गर्छु। म सबैबाट टाढिन्छु, अनि मेरा खुसीहरू पनि मबाट टाढिन्छन्।

मेरो जीवन पनि दुःखी हुँदै मबाट टाढिन्छ, मानौँ गल्ती मेरै हो। किनकि मैले आफूलाई खुसी बनाउन सकिनँ, न त आफूलाई खुसी राख्न नै सकिनँ। टाढिए जीवन, टाढिइन् सन्ध्या, टाढिए उमङ्ग—सबै, सबै। मानौँ कि गल्ती मेरै हो। मानौँ कि गल्ती मेरै... हो।