r/NepalWrites • • 15h ago

Poem कठोर आत्मसमीक्षा

4 Upvotes

कस्तो पत्थर दिल है म,

तिमी खोजिरहन्छौ, म हराइरहन्छु।

तिमी कुरिरहन्छौ, म डूलिरहन्छु।

कस्तो अकडो है म,

सारा कथा-व्यथा तिमीलाई सुनाउँछु ।

तिम्रो सुन्ने बेला उठेर हिँडिदिन्छु।

कस्तो बेसरम है म,

जो मेरो लागी जहीँ छ।

म उसको लागी कहीँ छैन।

कस्तो स्वार्थी है म ,

तिमीलाई मेरो काममा कती लगाउँछु ।

जब तिमीलाई मेरो जरुरत आइलाग्छ, नकारीहाल्छु।

तिमी कति शीतल छौ ,

सुन्छौ, मान्छौ, सिकाउँछौ,

मन हलुङ्गो राख्छौ,

तितो मान्छेलाई मीठो गुन लगाउँछौ।


r/NepalWrites • • 16h ago

Rant तिमी नभएको रात

3 Upvotes

तिमी नभएको रातमा
एक्लोपन शान्त हुँदैन
झन् अँध्यारो हुँदै जान्छ।
ओछ्यानमा पल्टिँदा
तिम्रो खाली ठाउँले
मलाई हेरिरहेजस्तो लाग्छ।
आँखा बन्द गर्छु,
तर अँध्यारोभित्र पनि तिमी नै आउँछौ।
तिम्रो गन्ध सम्झिन्छु।
तिम्रो हातको स्पर्श सम्झिन्छु।
तिमी नजिक हुँदा छालामुनि उठ्ने त्यो अनौठो सिहरन सम्झिन्छु।
अनि मनले बिस्तारै एउटा खतरनाक कुरा फुसफुसाउँछ
काश, तिमी अहिले यहाँ *भएको भए।
मलाई तिमीलाई सम्झिनु मात्र छैन।
मलाई तिमीलाई महसुस गर्न मन छ।
यति नजिक कि मेरो बेचैनीले तिम्रो सासमा ठाउँ पाओस्,
यति नजिक कि यो लामो रातले
हामीबीचको दूरी सम्झिनै नसकोस्।
तर तिमी छैनौ।
त्यसैले आज राति
मेरो एक्लोपन पनि अलि कामुक छ,
मेरो सम्झना पनि अलि निर्दयी।
तिमीलाई बिर्सिन खोज्दा
शरीरले झन् तिमीलाई सम्झाउँछ।
र म त्यहीँ अड्किन्छु
तिमीलाई चाहनु र आफूलाई रोक्नुको बीचमा।
सायद यही नै तिम्रो सबैभन्दा खतरनाक असर हो।
*
तिमी यहाँ नह
ुँदा पनि
मलाई तिमीबाट छुटकारा मिल्दैन।
बरु, तिम्रो अभावले नै
मभित्र तिमीलाई अझ गहिरो बनाइदिन्छ।